उपत्यकामा १२६१ सहित थप २५६९ जनामा कोरोना पुष्टि, थप २६ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक : पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।

काठमाडौं उपत्यकामा बुधबार थप १२६१ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा ९ सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ५ सय २८ र पुरुष ७ सय ३३ छन् ।

अहिले काठमाडौं जिल्लामा १७ हजार १ सय ६४ सक्रिय संक्रमित छन् । २ सय ८९ संक्रमितको मृत्यु, ५७ हजार ८ सय ६७ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७५  हजार ३ सय २० रहेका छन् । होम आइसोलेसनमा ११ हजार  ३ सय ९३ संक्रमित उपचाररत छन् ।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार २ सय ७५ छन् । ५ हजार ४ सय १६ कोरोना संक्रमणबाट मुक्त भएका, ७४ संक्रमितको मृत्यु र कुल संक्रमित ६ हजार ७ सय ६५ रहेका छन् । होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ८ सय १४ पुगेको छ ।

त्यसैगरी, ललितपुरमा २ हजार ५ सय ६ सक्रिय संक्रमित छन् । ८ हजार १ सय ६८ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ७७ संक्रमितको मृत्यु र कुल संक्रमित १० हजार ७ सय ५१ छन्। होम आइसोलेसनमा १ हजार ८ सय ३१ छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.