काठमाडौं उपत्यकाका १७२ सहित थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३२ साउन : पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिएका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् । यो संगैं हालसम्म १७ हजार ३३५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार २२१ जना रहेको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङका महिला रहेका रहेको डा. गौतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १०४  पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.