पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २३ साउन : कोरोना भाइरसका ४६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएका हुन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार ७ हजार ९२६ जनाको पीसीआर परीक्षणमा ४६४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ४२५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १५ हजार ८१४ जना डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको ६ हजार ३३० संख्या रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैगरी, हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार २०७ मानिसहरु रहेका छन् ।

प्रदेश १ मा ४२५ , प्रदेश २ मा २ हजार ८३९ , वागमती प्रदेशमा ९४३ , गण्डकी प्रदेशमा २७६ , प्रदेश ५ मा २७६ , कर्णलाी प्रदेशमा २३१  र सुदूरपश्‍चिममा एक हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ भने अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जना रहेका छन् ।

सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते बिहान निधन भएको छ ।

पर्साको विरगन्जका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको छ ।

पर्साका विरगन्जका ७९ वर्षीय पुरुषको साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी थिए ।

सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते राति  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.