सिभिल क्यापिटल, महिला सहयात्रा लघुवित्तको शेयर रजिष्ट्रारमा नियुक्त

सुमित्रा फुयाल । काठमाडौँ, ६ असोज : सिभिल क्यापिटल मार्केट लिमिटेड, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । अब उप्रान्त उक्त संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सिभिल क्यापिटल मार्फत हुने प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताउनु भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरिएको संस्थाले जनाएको छ ।

संस्थाले असोज ३ गते शनिबारबाट लागू हुने गरी सिभिल क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.