सिभिल क्यापिटल मार्केटद्वारा निशुल्क खाता खोल्ने सुविधा प्रदान

काठमाडौं, २२ असार सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकका लागि निशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्ने सुविधा प्रदान गरेको छ ।

ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी हालका लागि २०७७ आषाढ मसान्तसम्म नयां डिम्याट खाता र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क निःशुल्क गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताउनु भएको छ ।

विगत ११ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन (IPO) निक्षेप सदस्य (DP) लगानी व्यवस्थापको कार्य (PMS), शेयर प्रत्याभुति (Under Writting) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धिका सेवाहरु प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सामुहिक लगानीकोष (Mutual fund) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो ।

यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव सिभिल बैं लि.को सातै प्रदेशमा रहेको १११ वटा शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताउनु भयो ।

सिभिलले आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.