सिभिल क्यापिटल मार्केटको सन्ध्याकालिन सेवा पुनः सुचारु
काठमाडौँ, फाल्गुन १२ । सिभिल क्यापिटल मार्केट लिमिटेडले कोभिडका कारण बन्द भएको सन्ध्याकालिन सेवा पुनः सुचारु गरेको छ ।
२०६५ सालदेखि संचालन भइरहेको सिभिल क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुको सेवा, सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी विगत २ वर्षदेखि नै सुन्धारा स्थिीत संस्थाको प्रधान कार्यालय सिटिसि मल छैठौं तल्लाबाट सन्ध्याकालिन सेवाको सुरुवात गरिसकेको थियो । तर विश्वव्यापि रुपमा फैलिएको कोभिड—१९ का कारण केहि समय उक्त सेवा स्थगित गरिएकोमा पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
२०७८ फाल्गुन १५ गते आइतरबाट सार्वजानिक विदाको दिन बाहेक आईतबार देखि विहिबारसम्म वेलुका ४ः०० बजेदेखि साँझ ५ः३० बजेसम्म र शुक्रबार साँझ ४ः०० बजेसम्म सम्पुर्ण सेवा प्रदान गरिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताउनु भयो ।
विगत १३ बर्षदेखि ग्राहकवर्गको सेवामा सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन गर्ने (IPO), आइपिओ परामर्श सेवा, निक्षेप सदस्य (DP) लगानी व्यवस्थापनको कार्य (PMS) र शेयर प्रत्याभुति (Under writing) संस्थागत परामर्श (Corporate Advisory) लगायतका पुजीबजार सम्बन्धि सम्पुर्ण सेवाहरु प्रदान गर्दे आईरहेको छ । निकट भविष्यमा सामुहिक लगानी कोष (Mutual Fund) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो । सिभिल क्यापिटलले प्रदान गरिरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव सिभिल बैंक लि. को सातै प्रदेशमा रहेको १२० वटा शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताउनु भयो ।
क्यापिटल मार्केटले आगामी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली द्रुत गतिमा आधुनिकिकरण गर्दै डिजिटल सेवा मार्फत ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्ने समेत प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताउनु भयो ।
