सूर्योदय र वोमी लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाण्डौँ, २२ कार्तिक । नेपाल राष्ट्र बैंकले सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

दुवै लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिईएको सूर्योदय लघुवित्तका सञ्चालक अनन्त कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को चौथो संशोधनवमोजिम सैद्धान्तिक सहमति प्रदान गरिएको जनाइएको छ ।

स्याङ्गजाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच गत भदौ १६ गते आपसमा मर्जरमा जाने सम्झौता काठमाडौँमा भएको थियो । सम्झौतासँगै दुवै लघुवित्तले तीन तीन जनागरी छ सदस्यीय संयुक्त मर्जर कमिटी पनि गठन गरिसकेका छन ।

मर्जर प्रक्रियाका लागि हाल दुवै लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.