गड्यौला मल उत्पादन गर्न तालिम आयोजना
स्याङ्जा, १४ कार्तिक : पुतलीबजार नगरपालिका स्याङ्जा, यूएनडिपि नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत गड्यौला पालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख सिमा क्षेत्रीले पुतलीबजार नगरपालिकामा ४ वडा नमुना गड्यौले मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको र गत बर्ष ५ वटा नमुना मल उत्पादन केन्द्र स्थापना भइरहेको जानकारी गराउदै नगरलाई वातावरणमैत्रि जैविक उत्पादनमा जोड दिन गड्यौलामल उत्पादन केन्द्र बढाउदै लाने बताउनु भयो ।
तालिममा ४ जना कृषि उद्यमीले तालिम लिनु भएको थियो । नगरपालिकाका कृषि शाखाका प्रमुख मनिषा लामिछाने र कार्यक्रम संयोजक पुजा सापकोटाले तालिम प्रदान गर्नु भएको थियो । प्रति उद्यमी ५ वटा भर्मिबेड र ५ किलोग्राम इशेनिया फोइटिडा जातको गड्यौला निशुल्क प्रदान गरिएको थियो ।
१० महिना संचालन हुने यस परियोजनामा पुतलीबजारका करिव ९४९ जना प्रत्यक्ष लाभान्वित रहने यस कार्यक्रममा तरकारी उत्पादन, मसलाबाली, तेलहन बाली तथा पशुपंन्छीपालन, इविक लगायतका कार्यक्रमहरु संचालनमा रहने क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनु भयो ।