स्वास्थ्य मन्त्रालयको चेतावनी- कोरोनाको ‘तेस्रो र चौथाे लहर’ आउन सक्छ

काठमाडौं, २१ जेठ : कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ ।

‘पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्धबृद्धा र युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापन तयारी बृद्धबृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।

कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था काबुभित्र नै रहेको बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.