ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

काठमाडौं, १८ जेठ : जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो ।

सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको उनले बताए ।

पार्टीको विवाद बढ्दै गएपछि एक अर्को समूहले दुवै पक्षलाई कारबाहीको चेतावनी सहितको स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.