एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने
काठमाडौं, १६ जेठ : नेकपा एमाले स्थायी कमिटीको आज बेलुकी ५ बजे बोलाइएको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यस्ततापछि स्थायी कमिटी बैठक स्थगित भएको छ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समेत उनले जानकारी दिए ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारबाही गर्ने तथा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने जनाइएको छ ।
गत साता गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीको विधानविपरीत चलेको भन्दै १२ जनालाई स्पष्टीकरण सोधेको थियो । तिनै नेतामाथि कारबाहीका गर्नेबारे छलफल गर्नका लागि बैठक बोलाएको थियो ।
