काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार
काठमाडौं, नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ ।
रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलले आज बजेट वक्तव्यमार्फत् बताएका हुन् । यस्तै उनले सहरी केबलकारको सम्भावनाको पनि अध्ययन थालिने उल्लेख गरेका छन् ।
