दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब विनियोजन
काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड विनियोजन गरेका छन् ।
यसबाट देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरिएको छ । गत आवमा यस कार्यक्रमका लागि ७ अर्ब ५२ करोड रुपैयाँ छुट्याइएको थियो ।
यसमार्फत बालबालिकाको पोषणस्तरमा सुधार ल्याउने तथा कक्षा पाँचसम्मका बालबालिकाले बीचमै कक्षा नछोड्ने लक्ष्य राखिएको छ ।
सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो ।
यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने उनको भनाई छ ।
यो कार्यक्रमबाट देशभरका ३५ लाख बिद्यार्थी लाभान्वित हुने पौडेलले बताए
