युभेन्ट्सको मुख्य प्रशिक्षकमा मासिमिलानो एलेग्री नियुक्त

काठमाडौं, १४ जेठ :  इटालियन क्लब युभेन्ट्सले मासिमिलानो एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको जनाएको छ ।

इटालियन प्रशिक्षक एलेग्री दोस्रो पटक युभेन्ट्सको प्रशिक्षक बनेका हुन् ।

५३ वर्षीय प्रशिक्षक एलेग्रीले यस अघि २०१४ देखि १९ सम्म टिम हेरेका थिए ।

 

युभेन्ट्सले ४२ वर्षीय पिर्लोलाई शुक्रबार नै बर्खास्त गरेको थियो ।

मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो ।

तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् । जसको कारण उनी एक सिजनमै बर्खास्तमा परेका हुन् ।

युभेन्ट्सले यो सिजन सन् २०१२ पछि पहिलो पटक ‘इटालियन सिरि ए’ को उपाधि जित्न असफल भएको थियो ।

टुरिन क्लब युभेन्ट्स यो सिजन चौथो स्थानमा सीमित बनेको थियो ।

अन्तिम खेलमा जित हात पारेपछि युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।

पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया भने जितेको थियो ।

इटालीका लिजेण्ड तथा पूर्व मिडफिल्डर पिर्लो पाँच वर्षपछि प्रशिक्षकको रुपमा युभेन्ट्स फर्किएका थिए । उनले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।

सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.