उपत्यकामा २३६७ सहित थप ६९३९ जनामा कोरोना संक्रमण, ७२२६ संक्रमणमुक्त

काठमाडौं, १३ जेठ : पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३९ जना नयाँ संक्रमण पुष्टि भएको छ । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौंमा स‌क्रिय संक्रमितको कुल संख्या १ लाख ८३ हजार ८७१ पुगेको छ ।

यस्तै भक्तपुरमा ४ हजार ७८९ संक्रिय स‌ंक्रमित रहेका छन् । यससँगै भक्तपुरमा कुल स‌क्रिय संक्रमितको स‌ंख्या १९ हजार ३५७ पुगेको छ ।

यस्तै ललितपुरमा ६ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै ललितपुर जिल्लामा कुल स‌क्रिय संक्रमितको संख्या ३२ हजार २९० पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ५५३ जना जेनरल एचडीयू बेडमा उपचाररत छन्, जसमा ४४३ जना आइसीयू बेडमा उपचाररत छन् भने १८४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७२२६ पुगेको छ । योसँगै नेपालमा ४ लाख १८ हजार ८२९ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको दर ७७.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.