प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

काठमाडौं, ६ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गर्दै देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ ।

खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन् ।

अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ ।

सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए ।

पहिलो चरण र यसपटकको महामारी नियन्त्रणमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्व क्षमताबारे पनि कांग्रेसले प्रश्न उठाएको छ । ‘कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.