उपत्यकामा २४८६ सहित थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ जना संक्रमणमुक्त

काठमाडौं, ५ जेठ : पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएका हुन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै १०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २४८६  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७९८९ रहेको छ । संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु पुष्टि भएको उनले बताए ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.