प्रचण्डले मागे इमेलमार्फत् सुझाव

काठमाडौं, ३ जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका छन् ।

नेता/कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले सुझाव माग गरेको प्रचण्डले उल्लेख गरेका छन् ।

उनले आइतबार आफ्नो फेसवुकमा सूचना राखेर सल्लाह तथा सुझाव भएमा पठाउन भन्दै इमेल ठेगानासमेत सार्वजनिक गरेका छन् ।

प्रचण्डलाई [email protected] मा इमेल पठाउन सकिने उनको सचिवालयले जनाएको छ ।

गत फागुन २३ गते सर्वोच्चले नेकपा ऋषि कट्टेलको नाममा भएको फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याइदिएको थियो ।

त्यसपछि प्रचण्डले माओवादी केन्द्रको संगठन बलियो बनाउनुपर्ने धारणा राखिरहेका छन् ।

उनले पार्टीले आगामी दिनमा विचार, राजनीतिक तथा संगठनात्मक संरचनालगायत कस्तो हुने भन्नेमा पनि इमेलमार्फत् सुझाव दिन सकिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.