उपत्यकामा ३३४९ सहित थप ८५२० मा संक्रमण, ६१३५ जना संक्रमणमुक्त

काठमाडौं, ३१ बैशाख : पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ ।

२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २  हजार ४५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । जसमध्ये ९८ हजार ८६९ संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४६७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

मन्त्रालयका अनुसार १ हजार ३३४ जना आइसियु र ३७१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गत २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

पछिल्लो २४ घण्टामा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.