कोभिड–१९ विरुद्धको पहिलो खोप लगाउन के गर्ने ?

काठमाडौं, ३१ बैशाख : सरकारले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाउन फारम भर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको हो ।

कोभिडको खोप लगाउन चाहने व्यक्तिले स्वैच्छिक दर्ता फारम https://vaccine.mohp.gov.np/ साइटबाट भर्न सकिने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ ।

“यो स्वैच्छिक व्यक्तिगत दर्ता फारम हो र यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्नेछन्,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “यो दर्ता फारमबाट प्राप्त विवरणले पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुनेछ ।”

यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.