उपत्यकामा ३९२४ सहित थप ९३०५ जनामा कोरोना संक्रमण, ४४४४ जना संक्रमणमुक्त

काठमाडौं, २९ बैशाख : पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो । सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४ घण्टामा ३९२४ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ४४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै ३१६४६८ जना संक्रमणमुक्त (निको) भएका छन्। यो कुल संक्रमितको ७४.९ प्रतिशत हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।