निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ७२ पुग्यो (सूचीसहित)

काठमाडौं, २९ बैशाख : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ ।

लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ । निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ ।

मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन् । मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण (जिल्लाभर) र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ ।

निषेधाज्ञा घोषणा गरिएकामध्ये सात जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ,  सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् । नेपालका ७७ वटा जिल्ला मध्ये मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन् ।

तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने ब्यवस्था छ । काठमाडौं उपत्यकामा यसअघि लागु गरिएको निषेधाज्ञा आज राति सकिदैछ । भोलिदेखि थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भइसकेको छ ।

हेर्नुहोस् कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.