टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द

काठमाडौं, २८ बैशाख : एक्सपान्सन कीट सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको बताए ।

उनले भने, ‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ ।’

कोरोनाको उपचार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.