काठमाडौंमा जेठ २ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने

काठमाडौं, २८ बैशाख :  काठमाडौंमा आगामी जेठ दुई गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिने तयारी गरिएको छ ।

निषेधाज्ञाको समयमा वैशाख १५ गतेदेखि स्थगित गरिएको खोप कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आगामी जेठ २ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेको हो ।

काठमाडौंमा कोभिड संक्रमितको संख्या उच्च भएपछि जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने  निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसार सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भीडभाड नहुने गरी कुपन वितरणको माध्यमबाट खोप दिने व्यवस्था मिलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.