महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक रुपमा बढाइयो

काठमाडौं, २८ बैशाख : मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।

विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको निषेधाज्ञाकै समयमा हाल उत्पादक र विक्रेताले छडमा प्रतिकेजी ३० प्रतिशत र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

निषेधाज्ञा लागू भएको ११औं दिन सोम्बारसम्म छड, सिमेन्टलगायत विभिन्न निर्माणजन्य वस्तुको भाउ अस्वाभाविक रूपमा अत्यधिक बढाएको आमउपभोक्त एवं सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहर र निषेधाज्ञाको मौका छोपेर व्यवसायीले यसरी निर्माणजन्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको बताएका छन् ।

उनीहरूका अनुसार निषेधाज्ञा लागू भएको एक साता बित्न नपाउँदै छड र सिमेन्ट उत्पादक तथा विक्रेताले प्रतिकेजी छडमा ३० प्रतिशत र प्रतिबोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि गरेको जानकारी गराएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.