एसईई र १२ कक्षाको परीक्षा स्थगित
काठमाडौं, २७ बैशाख : यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको छ ।
परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार अहिले स्थगित गर्ने र पछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल हुनेछ ।
