बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिँए
काठमाडौं, २६ बैशाख : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन् ।
बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
जसको कारण दुबै टोलीले एक एक अंकमा चित्त बुझाएका छन् ।
यस बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ ।
शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक रहेको छ ।
यस बराबरीले तेस्रो स्थानको रियल मड्रिडलाई भने फाईदा गरेको छ ।
साविक विजेता समेत रहेको रियलले ७४ अंक जोडेको छ ।
तीन खेल बाँकी छँदा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका कुनै पनि टोलीले अझै लिग जित्ने सम्भावना कायम रहेको छ ।
आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराए रियलले एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा रियलले लिगको शीर्ष स्थानमा कब्जा जमाउनेछ ।
