बायर्न लगातार नवौं पटक बुन्डेस लिगा च्याम्पियन

काठमाडौं, २६ बैशाख : वायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ ।

शनिबार दोस्रो स्थानको आरबी लाइपजिग पराजित भएपछि वायर्नले तीन खेलअघि सिजनको उपाधि जितेको हो ।

दोस्रो स्थानको लाइपजिगलाई बोरुसिया डर्टमुन्डले ३-२ गोलले पराजित गर्‍यो ।

शीर्ष स्थानको म्युनिखले ३१ खेलबाट ७१ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगको ३२ खेलबाट ६४ अंक मात्र छ ।

अन्तिम दुई खेलअघि शीर्ष स्थानको वायर्नसँग ७ अंकले पछि परेसँगै लाइपजिगको उपाधि यात्रा सकिएको हो ।

समग्रमा बायर्नको यो ३० औं  बुन्डेस लिगा उपाधि हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.