कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

टोकियो, २५ बैशाख : कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म लागू हुने निर्णय गरेको छ ।

टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा आपतकाल लागू गरिएको हो । यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌ । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले देशको आपतकालीन अवस्थामा ओलम्पिक आइजना गर्न गाह्रो हुने बताएका छन्‌ ।

​​​जापानका प्रमुख शहरहरूमा कोरोना संक्रमणको दर उच्च रहेको छ भने अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ ।

अहिले बार, रेष्टुरेन्ट सिनेमाघर पार्लरहरू बन्द गरिएका छन् । टोकियो ओलम्पिकको सय दिनको काउन्टडाउन शुरू भएको छ। जुलाई २३ बाट ओलम्पिक शुरू गर्ने जापानको तयारी छ ।

कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाईमा  आयोजना गर्नेगरी सारिएको थियो । ओलम्पिक आयोजना भए २०० देशका १० हजार भन्दा बढी खेलाडीहरूले भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.