राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं, २२ बैशाख : राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।
जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो ।
यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो ।

