दाङमा कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

दाङ, १९ बैशाख : तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेडको कारमा मृत अवस्थामा फेला परेको तीनजना बालकाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृत फेला परेका बालकहरु तुलसीपुर–६ बरुवागाउँका भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बैशाख १६ गते कार्यालयमा दुईजना बालक हराएको भन्ने निवेदन परेको थियो । ‘१६ गते हामीकहाँ २ जना बालक हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भने, ‘अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे । घटनाबारे थप अनुसान्धान भइरहेको छ ।’

मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ । तीनजना बालक एउटै कारभित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको विशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र शनिवार साँझ तीनजना बालक मृत फेला परेको थियो । प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ ।

प्रहरी अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.