पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण
काठमाडौं, १८ बैशाख : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनमा आजै संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
‘कोरोनाको सामान्य लक्षण देखिएको छ । अवस्था सामान्य नै छ’, उनले भने ।
यसैगरी अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।
