धनगढी एनएसएल फुटबलको शिर्ष स्थानमा
काठमाडौं, १८ बैशाख : धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–० ले पराजित गरेको हो ।
दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि भने धनगढीले ३ गोल गरेको हो । निसान लिम्बुले खेलको ६२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ६८ औँ मिनेटमा ओलावाले ओलादिप अफिज तथा ७९ औँ मिनेटमा वुद्धबल तामाङले १/१ गोल गरे ।
खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।
जितसँगै अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ ।
धनगढीले ४ खेलमा सात अंक जोडेको छ पराजित चितवन २ अंकका साथ तालिकाको पुच्छारमा छ ।
