सर्लाहीमा पेट्रोल पम्पमा डाँका समूहले लुटे ४ लाख
सर्लाही, सर्लाहीको एक पेट्रोल पम्पमा गोली फायर गरी हिजो साँझ लाखौं लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।
पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । संचालकको अनुसार लुटेराहरूले १० लाख रकम लगेका छन् ।
सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले भने लुटेराहरुले चार लाख रुपैयाँ लुटेर भागेका जानकारी दिए । घटनास्थलबाट गोलीको खोकासमेत बरामद भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
