नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन नदिने सरकारको निर्णय
काठमाडौं, १४ बैशाख : सरकारले नेपालाई ट्रान्जिट पोइन्ट बनाउन नदिने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब भारतलगायत अन्य देशबाट नेपाल आएर विदेश जान पाइने छैन ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले केही समययता नेपाल विदेश जाने ट्रान्जिट पोइन्टको रुपमा विकास भइरहेको भन्दै अब यसमा रोक लगाइने निर्णय गरेको हो ।
“अब अरु देश जान नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन पाइने छैन । नेपाल आइसकेकालाई केहीदिन अरु देश जान दिने तर अब नेपाल आएर विदेश जान नदिने बैठकले निर्णय गरेको छ।
केही समययता नेपाल आएर विदेशमा काम गर्न जाने भारतीयहरुको संख्या उच्च रहेको थियो ।
