रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं, २ बैशाख : स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले ।

पहिलो लेगमा ३-१ गोलमा विजयी भएको रियल समग्रमा पनि ३-१ ले अघि रहँदै सेमिफाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई समग्रमा ४-२ गोलले पछि पार्दै अन्तिम चारमा स्थान बनायो ।

पहिलो लेगमा २-१ गोलले विजयी भएको सिटीले दोस्रो लेगमा पनि २-१ गोलकै जित निकाल्यो । सिटीको जितमा महारेजले ५५ मिनेटमा पेनाल्टीमा र फोडेनले ७५ मिनेटमा गोल गरेका थिए ।

त्यसअघि १५ मिनेटमा बेलिङघमले गोल गरेर डर्टमुन्डलाई अग्रता दिलाएका थिए ।

यससँगै च्याम्पियन्स लिगको सेमिफाइनलको समिकरण पूरा भएको छ । सेमिफाइनलमा अब पिएसजी र म्यानचेस्टर सिटी तथा रियल म्याड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलको पहिलो लेग अप्रिल २७ र दोस्रो लेग ४ मेमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.