आइपिएलमा बेंग्लोरको लगातार दोस्रो जित

काठमाडौं, २ बैशाख : आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।

बुधबार चेन्नईमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बेंग्लोरले लगातार दोस्रो जित निकालेको हो ।

बेंग्लोरले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको हैदारावादले ९ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो ।

उसका लागि कप्तान डेभिड वार्नरले ३७ बलमा १ छक्का र ७ चौकाको मद्दतमा ५४ रन जोडे ।

यस्तै मनिष पाण्डेले ३८ रन जोडे भने जोनी वायर्स्टो १२ रनमा आउट भए ।

ओपनर ऋद्धिमान साह १ रनमै आउट भएका थिए ।

बलिङमा बेंग्लोरका साहबाज अहमदले ३ विकेट लिए भने मोहमद सिराज र हर्षल पटेलले २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

उसका लागि ग्लेन म्याक्सेवलले सर्वाधिक ५९ रन बनाए । उनले ४१ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरेका थिए ।

त्यस्तै, कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र केल जेमिसनले १२ रनको योगदान दिए ।

बलिङमा हैदारावादका जासन होल्डरले तीन विकेट लिँदा राशिद खानले किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर १८ मात्र रन खर्चिए। त्यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले समान एक/एक विकेट लिए ।

यसअघि जारी सिरिजनको पहिलो खेलमाबेंग्लोरले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.