आजबाट ४० देखि ५९ वर्षकालाई चिनियाँ ‘भेरोसेल’ खोप

काठमाडौं, ३१ चैत : चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ ।

४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि उमेर र सेवा समूहमा छुटेका तथा फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकलगायत अत्यावश्यक सेवाका व्यक्तिलाई यो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जनाकारी दिए ।

यो चरणमा आजदेखि वैशाख ५ गतेसम्म खोप दिन लागिएको हो । यसअघि सरकारले चैत २५ गतेदेखि केही निश्चित सेवा समूहका व्यक्तिलाई खोप दिएको थियो । यो समूहमा शिक्षक, प्राध्यापक, चीनमा अध्ययन तथा व्यापारका लागि जाने व्यक्ति, अन्य देशमा अध्ययनका लागि जाने व्यक्ति तथा होटेल, ट्रेकिङ एवम् फलफूल व्यवसायमा रहेका व्यक्ति समेटिएका थिए ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, त्यसपछि अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारकर्मीलगायत अत्यावश्यक सेवाका व्यक्तिलाई खोप कार्यक्रम गरेको थियो । अर्को चरणमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.