आइपिएल : पञ्जाबले राजस्थानलाई ४ रनले हरायो

काठमाडौं, ३१ चैत : आइपीएल क्रिकेटको १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ४ रनले पराजित भएको छ । रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन् । शतक बनाए  पनि  उनको टिम पराजित हुन पुग्यो ।

सोमबार राति पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनायो ।

अन्तिमसम्म क्रिजमा टिकेका सामसनले ११९ रनको शतकीय पारी खेले। अन्तिम बलमा जितका लागि छक्का चाहिएका बेला सन्जु क्याचआउट भए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । उसका लागि कप्तान लोकेश राहुलले ९१ रन बनाए ।

जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ ।

आइपीएलमा आज राति मुम्बई र कोलकत्ता खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.