सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं, २८ चैत : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन् ।

यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ । क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ ।

राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछि मसान्तसम्म शनिबारलगायतका जनसुकै सार्वजनिक बिदा पनि राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाले शाखा खोल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.