चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

काठमाडौं, २८ चैत : हुम्ला । हिमालपारिको गाउँ  लिमीबाट चार दिन  पैदल  हिँडेर  योजनाको  सम्झौता  गर्न  स्थानीय    बासिन्दा    सदरमुकाम    सिमकोट आइपुगेका छन् । प्रदेश  र  सङ्घीय  सरकार  मातहतका  कार्यक्रम  सदरमुकाम  सिमकोटमै  भएको  कारण  न्यालु  लेकको  हिउँ  छिचोल्दै  उनीहरू  सदरमुकाम  सिमकोट  आइपुगेका  हुन् ।

नाम्खा      गाउँपालिका–६,      हल्जीगाउँमा   तटबन्धन   बनाउने   योजनाको      डिभिजन      वन      कार्यालयसँग    सम्झौता    गर्न    सिमकोट    आइपुगेको    निर्माण    उपभोक्ता समितिका सदस्य तुण्डुप तामाङले  बताए ।   गाउँमा  गठन गरिएको उपभोक्ता समितिले सो  कार्यालयसँग  सम्झौता  गरेको  उनले जानकारी दिए ।

लिमीका  बासिन्दाले  विकास  निर्माणका  काम  गर्न  चार  दिन  पैदलै  हिँडेर  सम्झौताका  लागि  सदरमुकाम   सिमकोट   धाउनैपर्ने   बाध्यता रहेको छ । चार  दिन  हिँडेर  सिमकोट  आइपुगेको  र  योजनाको  सम्झौता  भएकाले  अब  गाउँ  फर्केर  निर्माण  कार्य सुरु गरिने तामाङले उल्लेख गरे ।

त्यसैगरी   वडा   कार्यालय   भवन  र  स्टोर  भवनको  घेरबार  निर्माणका  लागि  गाउँपालिकासँग  सम्झौता   गर्न   न्यालु   लेकको   तीन  फिट  हिउँ  छिचोलेर  आई  सम्झौता  गरेको  सो  योजनाका  उपभोक्ता समितिका सदस्य पासाङ दोर्जी तामाङले बताए ।  न्यालु   लेकमा   हिमपातले   गाडी  सञ्चालन  नभएका  कारण  निकै  कष्टका  साथ  पैदल  हिँडेर  सम्झौता  गर्नुपरेको  उनको  भनाइ  छ । सो योजना ३७ लाख रुपियाँमा निर्माण हुने बताइएको छ  ।योजनाको  सम्झौता  गाउँमा  नहुने  भएपछि  विकास  गर्न  यसरी  गाउँपालिका  केन्द्र  र  सदरमुकाम  सिमकोटमा   रहेका   कार्यालयमा   धाउनुपर्ने  बाध्यता  लिमीवासीको  रहेको बताइन्छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.