बैतडीमा भेटियो दोस्रो फलाम खानी

काठमाडौं, २१ चैत : बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१,  सुगरखालमा फलामखानी भेटिएको हो ।

सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष  गगनसिंह धामीले बताए ।

फलामखानी भएको स्थान पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा   रहेको छ ।

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा  खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट   कम्पनीका श्याम अधिकारीले बताए ।

अधिकारीले भने, “८० प्रतिशतसम्म  फलाम भेटिएको  छ । विस्तृत अध्ययन   भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ  छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.