काठमाडौंमा आज पनि तुवाँलो‚ अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह
काठमाडौं, १५ चैत : आज पनि काठमाडौं उपत्यकासहित देशमा अन्य शहरहरुमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर नै तुँवालो लागिरहने र साँझपख केही मात्रामा खुल्ने सम्भवना रहेको महाशाखाका मौसमविद विभूति पोख्रेलले बताए ।
काठमाडौंमा तुवाँलोको कारण आज पनि भिजिविलिटी कम छ । एक हजार मिटरको हराहारीमा मात्रै भिजिविलिटी रहेको पोखरेलले बताए । जसका कारण हवाई सेवा प्रभावित भएको छ । तुवाँलोका कारण भएको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर हुने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ ।
वायु स्तर सूचकांकमा अहिले बिहान काठमाडौं उपत्यकाको ३३९ एक्युआई रहेको छ । आज देशभरको मौसम आंशिकदेखि समान्य बदली रहनेछ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्नपछि देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित फाटफुट वर्षाको सम्भावना रहेको छ ।
