वामदेव गौतम नेतृत्वको एकता अभियानले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं, २८ फागुन : वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णयको अभियानले विरोध गरेको हो ।

गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि सबैलाई आह्वान गरेको छ ।

तर एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.