स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

काठमाडौं, २० फागुन : अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका  लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन  भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिएका हुन् ।

स्वास्थ्य केन्द्र  नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र  निर्माण  गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य  केन्द्र निर्माणको काम भइरहेको छ ।

अर्थ मन्त्रालयले  यस्ता स्वास्थ्य केन्द्र  निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

अर्थ  मन्त्रालयका प्रवक्ता  सुमन  दाहालले  चालू आर्थिक  वर्ष  २०७७/७८  मा  स्वास्थ्य केन्द्र  निर्माणका लागि चार अर्ब २० करोड रुपियाँ विनियोजन गरिएकोमा यसअघि  दुई अर्ब ६९  करोड  रुपियाँ  निकासा भइसकेको जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.