मृतकको डिम्याट खाताबाट आईपीओ

काठमाडौं, १३ फागुन : गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए ।

तर उनको डिम्याट खातामा मृत्युपछि निस्कासन भएका प्राथमिक सेयर (आईपीओ) पनि थिए । मर्चेन्टका कर्मचारीले मृत्यु भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो ।

ती व्यक्तिले श्रीमतीको मृत्युपछि पनि मृतककै खाताबाट –मेरो सेयर) मार्फत सेयर भर्दै आएका रहेछन् ।

चार महिनाअघि सेयर नामसारीकै लागि अर्का एक व्यक्ति सेयर रजिस्टार कार्यालय पुगे । ती व्यक्ति डेढ वर्षअघि मृत्यु भएका बुवाको नाममा रहेको सेयर आफ्नो नाममा नामसारीका लागि आएका थिए । बुवाको मृत्युपछि पनि ती व्यक्तिले मृतकको नाममा सेयरमा लगानी गर्दै आएका रहेछन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.