प्रधानमन्त्री ओलीद्धारा पत्नी राधिका शाक्यको ‘मेरा अनुभूतिहरु’ पुस्तक सार्वजनिक

काठमाडौं, ११ फागुन : मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरुलाई भने निरन्तरता दिएका छन् । अदालतको फैसलापछि ओलीले मंगलबार ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले लेखेकी हुन् ।

बालुवाटार स्रोतले ओलीलाई जन्मदिनको शुभकामना दिने तथा पुस्तक विमोचन गर्ने कार्यक्रम पहिल्यै तय गरिएको र अदालतको फैसलाले त्यसमा प्रभाव नपारेको जनाएको छ । यद्यपी, बालुवाटार निकटकै एक व्यक्तिले अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफु निकटस्थहरुलाई बालुवाटार बोलाएका जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.