निषेध र विभेदको राजनीतिले देश जटिलतामा फस्यो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, ७ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीति शुरू गरिएकाले मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिहीबार पूर्वराजाले शुभकामना सन्देश जारी गर्दै नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा गर्दा अहिलेको अवस्था आएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्ष पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीतिक शुरू गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.