पीएसजीसँग बार्सिलोना ४-१ गोल अन्तरले पराजित, एमबाप्पेको ह्याट्रिक
काठमाडौं, ५ माघ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सानदार जित निकालेको छ ।
मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर,३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
७० औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजीले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।
यस जितसँगै पीएसजीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
दोस्रो लेग खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ ।
युभेन्ट्सलाई पोर्टोको चुनौती
इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज पोर्टोसँग खेल्दैछ ।
युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग उसैको मैदानमा खेल्नेछ । युभेन्ट्स र पोर्टोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ ।
युभेन्ट्स पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
तर, घरेलु टिमविरुद्ध युभेन्ट्सलाई जित निकाल्न कठिन रहेको छ ।
पोर्टो पनि युभेन्ट्सलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभियासँग खेल्नेछ ।
सेभियाको मैदानमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ ।
दुबै टिम पहिलो लेगमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
