कम्युनिस्टको बर्को बोकेर प्रचण्ड-नेपाल बाटोमा बसे : ओली

काठमाडौं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भएको संज्ञा दिएका छन् ।

किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नाम नलिएपछि प्रचण्ड माधव पक्षका नेताहरूलाई कम्युनिस्ट आन्दोलनको विरोधी भएको बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोध कम्युनिस्टको बर्को बोकेर बाटोमा बसेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको विरोधी उनीहरु नै हो’ उनले भने, ‘उनीहरुले नै कम्युनिस्ट आन्दोलन बिगारे । कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोडेर मात्रै हेरे ।’

ठूलो ठूलो जुरो हल्लाउने नेताहरु आज सडकमा हिँडिरहेका उनले बताए । ‘अहिले उहाँले प्रतिगमन देखिरहनुभएको छ प्रतिगमन होइन जागरण अभियान हो’ उनले भने, ‘किसान आन्दोलनको सामाजिक जागरण र परिर्वतनको लागि भेलको रुपमा काम गर्नसक्छ ।’

देशलाई सचेत नागरिकको आवश्यकता रहेको तर्क गरे । ‘कृषि क्षेत्रमा अनुदान वास्तविकले पाएका छैनन्। त्यसमा हामीले निगरानी राखेका छौँ’ उनले भने, ‘कृषि क्षेत्रको विकास गर्नका लागि सरकारले अनुदानको व्यवस्था सरकारले गर्छ । कृषि क्षेत्रको आधुनिकिकरण गर्नका लागि सोचिरहेको छौँ ।’

कृषि क्षेत्रको विकास गर्नका लागि अड्चन माधव नेपालले हालेको आरोप लगाए । ‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यो। उहाँ उफ्रिहाल्नुहुन्छ’ उनले भने, ‘कृषि र भूमिको क्षेत्रमा सबैभन्दा धेरै समस्या पार्ने नेता उहाँ नै हो ।’

काठमाडौंमा ओली समूहको मार्चपास

नेकपाको केपी शर्मा ओली पक्षले भोलि शुक्रबार काठमाडौंमा गर्ने भनेको जनसभाको पूर्व-सन्ध्यामा बिहीबार काठमाडौंमा मार्चपास गरेको छ। युवा नेता महेश बस्नेतको नेतृत्वमा नेतृत्वमा प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरु मार्चपास पुतलीसडक, कमलादी हुँदै पुनः वाल्मीकि क्याम्पसमै पुगेर टुंगिएको हो।

मार्चपासमा माधव ढुंगेल, निरु पाललगायताका युवा नेताहरूको सहभागिता छ। जनसभालाई प्रभावित गर्नकै लागि प्रचण्ड समूहले आज देशभर आम हड्ताल गरेको धेरैको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.